Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • काठमाडौंमा आज पनि भेटिए थुप्रै संक्रमित, ९०२ जनामा कोरोना पुष्टि


    बुधबार, असोज १४ २०७७
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ सय २ जना कोरोना संक्रमित थपिएका छन्। यीमध्यै काठमाडौंका मात्र ६ सय ९७ जना रहेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ९३ र ललितपुरमा १ सय १२ जना संक्रमित थपिएका छन्। 

    बुधबार देशभर १५ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै कोरोना संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ। 

    पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा ४ सय ९८ संक्रमितको मृत्यु भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार