Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना अपडेट: बुधबार थपिए १५ सय ५९ संक्रमित, डिस्चार्ज भए १ हजार ५७ जना


    बुधबार, असोज १४ २०७७
    555
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका १ हजार ५ सय ५९ संक्रमित फेला परेका छन् । योसँगै कुल संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ रहेको छ । 

    यस्तैगरी बुधबार १ हजार ५७ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ५६ हजार ४ सय २८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ५ प्रतिशत रहेको छ ।

    पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार २ सय ५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख २१ हजार ५०३ जनाको पीसीआर परीक्षण गरिएको छ ।  

    देशभरका संस्थागत आइसोलेसन १० हजार ८७ जना र होम आइसोलेसनमा १० हजार ८०४ जना रहेका छन् । आजसम्म देशभर ५ हजार ४२८ जना क्‍वारेन्टिनमा रहेका छन् । 

    देशभर ३० कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भैरहको छ । देशभर २०१ जनालाई आईसीयूमा राखेर उपचार भैरहेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार