Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • मकाउमा १२ जना नेपाली पक्राउ, बालिकाको अश्लिल भिडियो सेयर गरेको आरोप


    बुधबार, असोज १४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मकाउ । मकाउमा  १२ जना नेपाली पक्राउ परेका छन् । फेसबुकमा पोर्न भिडियो सेयर गरेको आरोपमा  १२ जना नेपाली सेक्युरिटी गार्डलाई प्रहरीले पक्राउ गरेको हो ।

    मकाउ प्रहरीका प्रवक्ता चोङ काम फाइले १२ मध्ये १० जनाले आफ्नो अपराध स्वीकार गरेको बताएका छन् । पक्राउ परेका नेपालीहरु २३ देखि ४७ वर्ष उमेर समूहका छन् ।

    मकाउ प्रहरीले ११ अगस्टमा इन्टरपोलबाट सूचना पाएर अप्रिलदेखि मेमा मकाउमा फेसबुकमा बच्चाको अश्लील भिडियो सेयर गरेको आंशका गरेको थियो ।

    दुई मिनेट २९ सेकेन्डको उक्त भिडियो नेपाली युवाहरुले फेसबुकमा सेयर गरेका थिए । उक्त भिडियोमा एक १२ वर्षीया बालिकाले एक विदेशी पुरुषसँग मुख मैथुन गर्दै शारिरीक सम्पर्क राखेको देख्न सकिन्छ ।

    प्रहरीले पोर्न भिडियो सेयर गर्न प्रयोग भएका १२ वटा स्मार्टफोन जफत गरेको छ । १० जनाले फेसबुक म्यासेन्जरमार्फत उक्त भिडियो प्राप्त गरेको बताएका छन् । उनीहरुले त्यसपछि उक्त भिडियो आफ्ना साथीहरूलाई पठाइएका थिए । तर, अन्य दुई जनाले भने अस्वीकार गरेका छन् । यद्यपी इन्टरपोलले जारी गरेको सूचना अनुसार उनीहरू पनि त्यस घटनामा संलग्न भएको पुष्टि हुन्छ ।

    प्रहरी प्रवक्ताले अन्य सम्भावित बाल अश्लील भिडियोहरू मकाउमा प्रशारित भइरहेको र भिडियो खिच्ने व्यक्तिहरूको खोजी भैरहेको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार