Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजबाट रुकुमकोटमा निषेधाज्ञा हट्यो


    बुधबार, असोज १४ २०७७
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । रुकुम(पूर्व)को अस्थायी सदरमुकाम रुकुमकोटमा जारी निषेधाज्ञा हटेको छ ।

    बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले बुधबार बिहानैदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

    जिल्लामा समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि स्थानीय प्रशासनले असोज ६ गते राति १२ बजेदेखि लागू हुनेगरी असोज १३ गते राति १२ बजेसम्मका लागि सिस्ने गाउँपालिकाको वडा नम्बर ५ र ६ मा निषेधाज्ञा जारी गरेको थियो ।

    अब स्वास्थ्य मापदण्ड पालना गरेर सबै कामकाजलाई निरन्तरता दिने र मापदण्ड पालना नगर्ने लाई  कारबाही गर्ने तयारी रहेको बताइएको छ । 

    जिल्लामा हालसम्म १ हजार ७८४ जनाको पीसीआर परीक्षण गरिएकोमा ७४ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ३८ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार