Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खुले पाकिस्तानका शैक्षिक संस्था, स्वास्थ्य मापदण्ड कार्यान्वयनमा कडाई


    बुधबार, असोज १४ २०७७
    890
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • इस्लामावाद । कोरोना भाइरसको महामारी फैलिएपछि बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था खुलेका छन्। सरकारी अधिकारीहरुले झन्डै ६ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको जानकारी दिएका छन्। 

    सञ्चालन हुन थालेका विद्यालयमा सरकारी तथा निजी दुवै प्रकारका विद्यालय रहेको जनाइएको छ। सञ्चालन गर्न थालिएका विद्यालयमा विद्यालय सञ्चालनका क्रममा स्वास्थ्य सतर्कतासम्बन्धी मापदण्ड पलनामा भने अत्यन्त कडाइ गरिएको छ। 

    त्यसैगरी मापदण्ड पर्याप्त रुपमा पालना भएको वा नभएको बारेमा अनुगमन गर्न विभिन्न संयन्त्र पनि परिचालन गरिएको अधिकारीहरुले जानकारी दिएका छन्। 

    केन्द्रीय शिक्षा मन्त्री शाफ्क्वात मोहमुदले विद्यालय बन्द हुँदा सबैभन्दा बढी प्राथमिक तहका विद्यार्थी प्रभावित भएको र अहिले खुलेपछि सबैभन्दा धेरै पनि उनीहरु नै आएको बताए। कोरोनाभाइरसको महामारीका बारेमा विश्लेषणात्मक अध्ययन गरी सरोकारवालाको सुझावका आधारमा विद्यालय खोल्ने निर्णय गरिएको पनि उहाँले जानकारी दिए। 

    पाकिस्तानमा अहिलेसम्म ३ लाख १२ हजार २६३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। पाकिस्तानमा अहिले पनि कोरोनाभाइरस सङ्क्रमित ४६७ जना गम्भीर अवस्थामा उपचाररत छन्। पाकिस्तानमा अहिलेसम्म ३५ लाख १४ हजार २३७ जनाको कोरोना परीक्षण गरिएको छ।

    मन्त्रालयका अनुसार पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये दुई लाख ९६ हजार ८८१ जना अहिले पूर्णरुपमा सङ्क्रमणमुक्त भइसकेका छन्। पीटीआई

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार