Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धरानमा कोरोना संक्रमित ३५ वर्षीय पुरुषको मृत्यु


    बुधबार, असोज १४ २०७७
    775
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • धरान । कोरोना भाइरसको संक्रमणबाट धरानमा एक पुरुषको मृत्यु भएको छ।

    सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ का ३५ वर्षीय युवकको मृत्यु भएको हो। मिर्गौला रोगबाट पीडित उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको उनका भाइले बताए।

    अक्सिजन कम भएपछि प्रतिष्ठानको कोभिड अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। मधुमेहबाट पीडित उनको आठ दिन उपचार गरेपछि गोल्डेन अस्पताल विराटनगरले दुवै मिर्गौलाले काम गर्न छाडेको भन्दै घर फर्काएको थियो। गोल्डेन अस्पतालमा भदौ २७ गते गरिएको परीक्षणमा कोरोना सङ्क्रमण नेगेटिभ आएको थियो।

    खर्चविहीन भएर अस्पतालबाट घर फर्किएका उनलाई अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ का वडाध्यक्ष तेजनारायण यादवले १५ हजार दिएर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएका थिए। उपचारका क्रममा परीक्षण गर्दा यही असोज ८ गते उनमा कोरोना सङ्क्रमण पुष्टि भएको वडाध्यक्ष यादवले बताए।

    यस अघि सप्तरीकै राजविराज ४ का ३९ वर्षीय युवकको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो। उनलाई पनि असोज १० गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार