Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भेन्टिलेटरमा रहेका वृद्धको काेराेनाका कारण मृत्यु


    बुधबार, असोज १४ २०७७
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । कोरोना भाइरसको संक्रमणबाट विराटनगरस्थित कोशी अस्पतालमा एकजना वृद्धको मृत्यु भएको छ।

    आज बिहान कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, विराटनगरमा उपचाररत मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय वृद्धको मृत्यु भएको हो। उनको बिहान ४ बजे मृत्यु भएको बताइएको छ । 

    उनलाई गत असोज ४ गते अस्पताल भर्ना गरिएको थियो। काेराेना परीक्षण गर्दा रिपाेर्ट पाेजिटिभ आएकाे थियाे।

    श्वासप्रश्वासमा समस्या आएका उनलाई भेन्टिलेटरमा राखिएको थियो। तर आठ दिनसम्म भेन्टिलेटरमा रहेका उनकाे स्वास्थ्यमा सुधार आएन।

    उनी उच्च रक्तचाप, मधुमेहबाट पनि पीडित रहेको डा. सिग्देलले बताए। पछिल्लो समय उनलाई रेम्देसिभिर औषधि पनि चलाइएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार