Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्मचारीमा कोरोना पुष्टि भएसँगै काठमाडौंबाट श्रम स्वीकृति दिन बन्द


    बुधबार, असोज १४ २०७७
    595
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंबाट श्रम स्वीकृति दिन बन्द गरिएको छ । वैदेशिक रोजगार कार्यालय ताहाचलमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा रोकिएको हो । 

    अहिले एकजना कर्मचारीमा कोरोना पुष्टि भैसकेको र अन्यमा पनि लक्षण देखिएकाले सेवा बन्द गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।

    सेवा बन्द गरिएपनि कार्यालय भने खुल्लै रहने उनले बताए । पछिल्लो समय अन्तर्राष्ट्रिय उडान खुलेसँगै श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या ह्वात्तै बढेको छ । कार्यालयले श्रम स्वीकृति रोकेसँगै विदेश जानका लागि टिकट लिइसकेका र विदेश फर्कने तयारीमा रहेका नेपालीहरु मारमा पर्ने भएका छन् । 

    यसअघि लकडाउन र निषेधाज्ञाको समयमा पनि श्रम स्वीकृति दिने काम रोकिएको थियो ।
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार