काठमाडौं । अड्डा अदालतमा धेरैजसो टाठाबाठा मात्र जान्छन्, गरिबको न्यायालय त देवीदेवताका थान हुन् । यो भनाइ रास्कोट नगरपालिका–२ का ६२ वर्षीय गोरे सार्कीको हो । उनले थपे, ‘बिना पैसामै जतिबेला पनि भाकल र वर माग्न सकिने गाउँघरकै देवीदेवताका थान हामी जस्ताका लागि न्यायालय हुन् ।’
गाउँमा केही घटना होस् वा वादविवाद, जे जस्ता विवाद निम्तिए पनि गाउँकै देवीदेवताका मठमन्दिरकै थानका घण्टमा कसम खाएर छोएपछि सत्य त्यहीबाट आउँछ भन्ने जनविश्वास यहाँ रही आएको छ । गोरे सार्की मात्र हैनन् यहाँका ग्रामीण क्षेत्रका नागरिक अझै पनि देवीदेवताकै विश्वास मान्दै आएका छन् ।
सोही गाउँकै नन्दाराम तिमिल्सेना भन्छन्, ‘मुद्दा मामिला भनेको त हुने खानेका लागि मात्र रहेछ । हामी जस्ता निमुखाका लागि न्यायालय छैनन् । पैसा जसले पेल्यो, उसैका लागि न्याय छ यो देशमा । गाउँका सोझासाझा मान्छेका लागि त यिनै देवीदेवता छन् ।’ न्यायका लागि अदातल पुग्न नसक्ने ग्रामीण क्षेत्रका बासिन्दा भाकलसहित देवताको थान (मन्दिर) पुग्ने गरेको सामाजिक अगुवा दीपक तिमिल्सेना बताउँछन् ।
गाउँमा हुने सानातिना चोरी, जग्गाका साँध सिमाना, गाली बेइज्जती, थिचोमिचो र कुटपिटका घटनामा न्याय माग्दै स्थानीयले देवीदेवतालाई भाकल गर्ने चलन यहाँ सामान्य रहिआएको छ ।
स्थानीयले देवीदेवताको मन्दिरमा भाकल गर्न नयाँ कपडा लगाउने गरेका छन् । ‘बरु दसैं तिहारमा नयाँ लुगा लगाउने चलन छैन,’ बडिमालिका माईका पुजारी कृष्णप्रसाद धमलाले भने, ‘देवीदेवताको पैठमा नयाँ लुगा लगाउनुपर्र्ने चलन रहिआएको छ ।’
देवीदेवताप्रति बढी विश्वास विपन्न र आर्थिकरूपमा कमजोर व्यक्तिको छ । ‘अड्डा अदालतमा धेरैजसो टाठाबाठा मात्र जान्छन्,’ मान्म–४ ताडीका धामी भाने विश्वकर्माले भने, ‘कानुन नजान्नेका सहारा देवता हुन् ।’
उनले ढिलो भए पनि देवताले न्याय दिने विश्वास आफूमा रहेको बताए । उनका घरमा पैठका बेला मात्र नभएर सधैजसो धामी हेराउनेको भीड लाग्छ । बिरामी परे अस्पतालभन्दा पहिले धामीकहाँ पुग्ने चलनसमेत ग्रामीण क्षेत्रमा छ । यो समाचार राजधानी दैनिकमा छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend