Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी हान्ने कथित अभियन्ता श्यामबाबु सापकोटा पक्राउ


    बुधबार, भाद्र २० २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा नुवाकोट जिल्ला बिदुर नगरपालिका-७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटा रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए ।

    ढुंगेलका अनुसार उनी आफूलाई अभियन्ता भन्ने गर्छन् । कांग्रेस नेता यादवलाई भने ट्रमा सेन्टरमा लगिएको छ ।

    पूर्वमन्त्री समेत रहेका यादव रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रमबाट बाहिरिएपछि सापकोटाले खुकुरी प्रहार गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार