Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लिमीमा सशस्त्र पोष्ट स्थापना गर्ने तयारी अन्तिम चरणमा


    बुधबार, असोज १४ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा सशस्त्र प्रहरी पोष्ट स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । नाम्खा–६ मा पर्ने लिमी लाप्चामा सशस्त्र प्रहरी पोष्ट स्थापना हुने भएको छ । लाप्चास्थित नेपाल–चीन १२ नम्बर सीमा स्तम्भभन्दा २५ किलोमिटर टाढा नेपालको टाक्ची भ्यालीमा सशस्त्रको पोष्ट स्थापनाका हुन लागेको हो । हालै यो नाकाको सन्दर्भमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चर्चा र परिचर्चा भइरहेका बेला समुद्री सतहभन्दा चार हजार मिटरभन्दा अग्लो स्थानमा रहेको टाक्चीमा सशस्त्रको पोष्ट स्थापना गर्न लागिएको हो ।

    हुम्लाको उत्तरी नाका हिल्सामा पनि असार ६ गते बिओपी स्थापना भइसकेको छ । हाल हिल्सामा प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा २२ सशस्त्र सुरक्षाकर्मीको समूह सीमा क्षेत्रमा तैनाथ छ । हिल्सामा कम्पाउण्डसहितको नौकोठे पक्की भवनमा सशस्त्र प्रहरी बसेको छ । समुद्री सहतहदेखि तीन हजार ६०० मिटर उचाइमा रहेको उक्त पोष्टमा हिउँदमा पनि सशस्त्र प्रहरी त्यहीँ बस्ने बताइएको छ । यो नाकाबाट विशेषगरी जडीबुटी तथा वन्यजन्तुका अङ्गहरूको अवैधरूपमा ओसारपसार हुन नदिनका लागि स्थापना हुने लागेको सशस्त्र प्रहरी कार्यालय हुम्लाले बताएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार