Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भुटान एयरलाइन्सले पुनः काठमाडौं उडान सुरू गर्ने


    मंगलबार, भाद्र १९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भुटानको पहिलो निजी एयरलाइन्स भुटान एयरलाइन्सले ३० भदौदेखि काठमाडौं उडान पुनः सुरु गर्ने भएको छ । उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसले यस्तो जानकारी दिएको हो ।

    नेपालमा साताको चार उडान हुने भएको छ । आइतबार, सोमबार, बुधबार, र शनिबार गरी साप्ताहिक रुपमा चार उडान हुने कम्पनीले जनाएको छ । पारो–काठमाडौं–दिल्ली रुटमा दुईतर्फी उडान हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार