योगेश भट्टराई र चन्द्र रिजाल
काठमाडौं । हिमालयन एयरलाइन्सलाई ग्राउन्ड ह्याण्डलिङ अनुमति दिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको चर्को बिरोध भयो । बिरोधपछि मन्त्री भट्टराईले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई सोमबार मन्त्रालयमा बोलाएर हिमालयन एयरलाइन्सको ग्राउण्ड ह्याण्डलिङ अनुमति खारेज गर्न निर्देशन दिइसकेका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्यटन विभागका इन्चार्ज समेत रहेका मन्त्री भट्टराईले हिमालयनलाई ग्राउण्ड ह्याण्डलिङ सेवाको अनुमति दिएकोमा बिरोध हुनासाथ खारेज गर्न आदेश दिएका छन् । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ अनुमति पाउने २ विदेशी र २ स्वदेशी एयरलाइन्सका बारेमा भने कसैले पनि प्रश्न उठाएको छैन ।
वर्तमान पर्यटन विभागका इन्चार्ज समेत रहेका मन्त्री भट्टराईले ग्राउण्ड ह्याण्डलिङ अनुमति खारेज गर्न निर्देशन दिए पनि विभागका पूर्वसचिव चन्द्र रिजालले भने अरु चार वटा एयरलाइन्सले ग्राउण्ड ह्याण्डलिङ सुविधा पाउनु हुने तर हिमालयनले पाउनै नहुने हो र भन्ने सवाल उठाएका छन् ।
पर्यटन ब्यवसायी रिजालले सामाजिक संजाल फेसबुकमा विदेशी र स्वदेशी अरु एयरलाइन्सले ग्राउण्ड ह्याण्डलिङ अनुमति पाउनु हुने हिमालयनले पाउनै नहुने कस्तो दृष्टिकोण हो भन्ने सवाल उठाएका छन् ।
रिजालले लेखेका छन्–‘हिमालयन एयरलाइन्सले कानुनतः सातामा ३५ उडान भर्ने एयरलाइन्सले ग्राउन्ड ह्याण्डलिङ सुबिधा पाउछ । एयर इण्डिया र थाई एयर जस्ता दुई विदेशी एयरलाइन्सलाई प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङको अनुमति दिएको छ । स्वदेशकै एयरलाइन्स कम्पनी बुद्ध एयर र श्री एयरले पनि ग्राउण्ड ह्याण्डलिङ सेवाको अनमुति पाइसकेका छन् । अहिले हिमालयन एयरलाइन्सले नियम अनुसार ग्राउण्ड ह्याण्डलिङको अनमुति पाएछ ।
तर बिना लगानी शेयर हडप्न पल्केका केही हाउसले चीज अर्कै ढंगले प्रस्तुत गरेछन् । यहाँ खराब र असलको प्रमाणपत्र दलालले दिन्छन्, राज्य निरीह बन्छ । कम्युनिस्ट क्रांतिकारीहरू ब्यक्तिको बिरोधको नाममा कुरै नबुझी बिरोध गर्छन् । हवाई क्षेत्रको दलाल पूँजीबाद भनेको के होला ? जबकि नेपालको हवाई क्षेत्र (अन्तर्रास्ट्रिय उड़ानको क्षेत्र) बिदेशी एयरले ओगटेको छ । अहिले तुरुन्त नेपाल एयरलाइन्सले मात्र बेदेशी एयरसँगÞ प्रतिस्पर्धा गर्न सक्ने सम्भाबना पनि छैन । हिमालयन एयरमा चीनका ब्यापारी र नेपाली यति समूहको लगानी छ । मेरो जानकारीमा आए अनुसार नेपालमा कमाएर नेपालमा मात्र लगानी गर्ने भनेको यति मात्र हो भन्ने लाग्छ ।
बिनोध चौधरी, अजयराज सुमार्गी लगायतका ठूला घरानिया कहलिएका नेपालीलाई ठगेका धेरै ब्यबसायीले नेपालको पैसा बिदेशमा लगानी गरिरहेका छन् । उनीहरु दलाल पूँजी वा पूँजीपति भएका छैनन् । उनीहरु भंदा यति समूहको बिरोध कम्युनिस्ट नामका नकÞाधधारी नेता र कार्यकर्ताबाटै बिरोध हुनु भनेको मलाई दलाल पूँजीबादको बारेमा कम पढ़ाए कि यिनले कम पढ़े वा पढ़ाए म बबुरोले बूझ्न सकिन । जान्ने बूझ्नेले बजाई दिनुपर्यो ?’ रिजालले लेखेका छन् ।