Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘वाइवाइ इन्डिया’को ब्रान्ड एम्बेस्डरमा बलिउड अभिनेता आयुष्मान खुराना


    मंगलबार, भाद्र १९ २०८०
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । बलिउड सुपरस्टार आयुष्मान खुरानालाई चौधरी ग्रुप (सीजी) अन्तर्गतको सीजी फुड्सले आफ्नो ख्यातिप्राप्त चाउचाउ वाइवाइ इन्डियाको ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ ।

    विगत २५ वर्षदेखि युवामाझ विशेष स्थान बनाउन सफल वाइवाइले आयुष्मान खुरानासँगको सहकार्यले युवाहरुमाझ थप उत्साह जगाउने र आफ्नो स्थिति पनि बलियो बनाउने विश्वास व्यक्त गरेको छ ।

    ‘वाइवाइ वाला टेस्ट’ थिम एवं ट्यागलाइनको यो सहकार्यले किशोरकिशोरी, युवा र ‘वर्किङ प्रोफेसनल’सँगको सम्बन्ध अझै प्रगाढ बन्ने कम्पनीले जनाएको छ ।

    ‘ब्राउन नुडल्स’ भनेर समेत चिनिने ‘प्रि–सिजन्ड’ चाउचाउ उत्पादन गर्ने एक्लो ब्रान्डका रुपमा स्थापित वाइवाइले खुरानासँगको सहकार्यमा बजामा थप रोमाञ्चक रुपान्तरण ल्याउने बताएको छ ।

    सीजी फुड्स एन्ड सीजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरुण चौधरीले आयुष्मान खुरानासँग सहकार्य गर्नु आफ्नो उच्च प्राथमिकता रहेको बताएका छन् । उनले खुरानासँग छोटो समयमै सहकार्य गर्न पाएको खुसी व्यक्त गर्दै भारतीय बजारमा वाइवाइको नेतृत्वदायी स्थिति सुनिश्चित राख्ने बताएका छन् ।

    यस्तै, बलिउड सुपरस्टार खुरानाले युवाहरुको अत्यधिक रुचाइएको वाइवाइ जस्तो ब्रान्डसँग आबद्ध हुन पाउनु खुसीको विषय भएको बताएका छन् । उनले भनेका छन्, “वाइवाइले प्रदान गर्ने जीवन्त र फरक किसिमका उत्पादनले यसलाई अरुभन्दा फरक बनाउँछ ।”

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार