Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यातायात व्यवसायी बढी भाडा लिँदै


    मंगलबार, असोज १३ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • गुल्मी । गुल्मीमा यातायातका साधनले सरकारले तोकेभन्दा बढी भाडा लिन थालेका छन् ।  कोरोना महामारी र सरकारले भाडा बढाएको बहानामा उनीहरुले यात्रुहरुसँग तोकिएभन्दा बढी भाडा असुल्दै आएका छन् । अहिले ग्रामीण भेगका अधिकांश सडक बिग्रिएका छन् । 

    बस, हाइस जस्ता बढी यात्रु बोक्ने सवारी पूर्ववत् ढङ्गले चल्न नसक्दा जीपलगायतका साना गाडीहरुले मनलाग्दी भाडा लिने गरेको यात्रुहरु बताउँछन् । जिल्लाको मुसिकोट नगरपालिकाको वामीबाट सदरमुकाम तम्घाससम्मको भाडा रु ३७० तोकिएको भएपनि जीपले रु ७०० लिएको स्थानीयवासी हिमा रानामगरले बताए ।

    धुर्कोट गाउँपालिका­७ वाग्लाकी लक्ष्मी घिमिरे भन्नुहुन्छ, “सवारी साधनले बढी भाडा लिएपनि सवारी साधनमा सरकारले तोकेको सामाजिक दूरी कायम भएको छैन ।” 

    यातायात व्यवसायीहरुको छाता सङ्गठन गुल्मी यातायात व्यवसायी सङ्घका कार्यालय प्रमुख डोरबहादुर  कुँवरले यात्रुहरुलाई टिकट काटेर मात्र सवारी प्रयोग गर्न आग्रह गरे । “सरकारले ५० प्रतिशतभन्दा बढी भाडा लिन नपाउने गरी नियम बनाएको छ, काउन्टरबाट सोही शुल्कमा टिकट दिन्छौँ ।” 

    अत्याधिक वर्षाका कारण जिल्लामा बिग्रिएका सबै सडकको मर्मत नहुँदा कतिपय ठाउँमा जिप पनि जान सकेका छैनन् भने अधिकांश ठाउँमा बस र हाइस चल्न सकेका छैनन्। सवारी साधनले बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले अनुगमन शुरु गरेको छ । जनशक्ति कम भएकाले सबै ठाउँमा अनुगमन गर्न समस्या परेको जिल्ला ट्राफिक प्रहरी प्रमुख जगन्नाथ पाण्डेले बताए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार