Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु, एक जना पक्राउ


    मंगलबार, भाद्र १९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर कैलालीमा एक महिलाको ज्यान गएको छ । धनगढी उपमहानगरपालिका-३ बस्ने ३२ वर्षीया मञ्जु कुँवरको विद्युतीय धरापमा परेर मृत्यु भएको हो ।

    सोमबार राति ११ बजेतिर विद्युतीय धरापमा परेर गम्भीर घाइते भएकी कुँवरलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    जंगली जनावरबाट धानबाली जोगाउन भन्दै खेतको आलीमा स्थानीय ४८ वर्षीय जंगलिया चौधरीले करेन्ट प्रवाह गरेको र त्यही करेन्ट लागेर कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले खेतमा विद्युतीय धराप राखेका चौधरीलाई पक्राउ गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार