Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मधेस प्रदेशका स्वतन्त्र सांसद यादव पक्राउ


    सोमबार, भाद्र १८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धसिंह यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई माओवादी नेताको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

    सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद यादवलाई राजविराजबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला उच्च र सर्वोच्च तीनै तहका अदालतले दोषी ठहर गरिसकेका सांसद यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताएको छ ।

    सांसद यादवलाई पक्राउ गरी प्रहरीले अदालतमा बुझाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार