Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाविरुद्धको खोपका लागि ३५ अर्ब अमेरिकी डलरको माग


    मंगलबार, असोज १३ २०७७
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहम्मदले कोरोनाभाइरस विरुद्धको खोपका लागि सहयोगको आह्वान गरेकाे छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका विरुद्धमा खोप विकास गरी उपचार गराउन ३५ अर्ब अमेरिकी डलरको आवश्यकता परेको उनले बताए।  

    “विश्व नै अहिले आपतकालिन अवस्थामा छ, त्यसको निवारणका लागि खोपको आवश्यकता पर्दछ, त्यसको विकास, उत्पादन र विक्रि वितरणका लागि ठूलो धनराशी चाहिने भएको छ,” उनले भने । 

    राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विश्वव्यापी यो महामारी अत्यका लागि सवैले सहयोग गर्नु पर्नेमा जोड दिए । विश्वलाई पुनः पहिलेकै अवस्थामा फर्काउनका लागि आ–आफ्नो ठाउँबाट सवैले योगदान गर्नुपर्ने तथा स्वास्थ्य, बौद्धिक, अध्ययन अनुसन्धानका क्षेत्रबाट र नीति क्षेत्रबाट पनि प्रयासहरु भइरहेको उहाँले जानकारी दिए।

    न्युन तथा मध्यम आर्थिक अवस्था भएका देशहरुलाई सहयोगको थप आवश्यकता भएको तर्फ उनले विश्वको ध्यान जानुपर्ने बताए ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार