Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुखद् खबर: रसियाले नेपाललाई कोरोना विरुद्धको २.५ करोड भ्याक्सिन उपलब्ध गराउने


    मंगलबार, असोज १३ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । कोरोना महामारीका बीच नेपालका लागि सुखद् खबर आएको छ । रसियाको द रसियन डिरेक्ट इन्भेष्टमेन्ट फण्ड (आरडीआइएफ) ले नेपाललाई ट्रिनिटी फर्मास्युटिकलमार्फत् २ करोड ५० लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन ‘स्पत्‍निक भी’ दिने सहमति गरेको छ।

    मंगलबार एक विज्ञप्ति निकाल्दै आरडीआइएफले नेपालको ट्रिनिटी फर्मास्युटिकलसँग २ करोड ५० लाख डोज ‘स्पत्‍निक भी’ दिने सहमति भएको जनाएको हो। यो संख्यामा भ्याक्सिनले नेपालको करिब ९० प्रतिशत जनसंख्‍याले सो भ्याक्सिन पाउनेछन् । 

    यो भ्याक्सिन ७५ अन्तर्राष्ट्रिय स्तरमा वैज्ञानिक पब्लिकेसनहरुले प्रमाणित गरेको र २ सय ५० क्लिनिकहरुमा समेत परीक्षण भैसकेको दावी गरिएको छ ।

    रसियाको यो भ्याक्सिन विश्वकै पहिलो कोरोना भाइरस (कोभिड १९) विरुद्धको भ्‍याक्सिन हो । यो भ्याक्सिनको परीक्षणमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भने चित्त बुझाएको छैन । पर्याप्त क्लिनिकल परीक्षण नगरिएको भन्दै यसलाई डब्लूएचओले मान्यता दिइसकेको छैन । 

    रसियाले भने यसको उत्पादन अघि बढाउँदै परीक्षणलाई निरन्तरता दिइरहेको जनाएको छ । 

    यो भ्याक्सिनका लागि एसियाका करीब ५० देश, मध्‍यपूर्व, ल्‍याटिन अमेरिका, युरोप र सीआइएसलेआवेदन दिएको आरडीआइएफले जनाएको छ।

    आरडीआइएफले नेपालबाहेक मेक्सिकोमा ३ करोड २० लाख डोज, ब्राजिलमा ५ करोड डोज, भारतमा १० करोड डोज र उज्वेकlस्तानमा ३ करोड ५० लाख भ्याक्सिनको डोज निर्यात गर्ने सहमति भैसकेको समेत विज्ञप्तिमा उल्लेख गरेको छ।  

    आरडीआइएफका कार्यकारी निर्देशक किरिल दिमित्रिभले भने, ‘नेपालको ९० प्रतिशत जनसंख्‍यालाई ‘स्पत्‍निक भी’ पुर्‍याउने ट्रिनिटी फर्मासिटिकल्सलाई धेरै धन्‍यवाद। तर यसको परीक्षण बाँदरलाई दिएसँगै यो चाहिँ मानवलाई नै परीक्षण गर्ने भेक्टर शैलीमा विकास गरिएको हो, जसलाई १० वर्षभन्दा धेरै अघिदेखि नै परीक्षण गरिएको र लामो समयसम्‍म कुनै पनि नकारात्मक नतिजा आएको छैन। यसैको आधारमा आरडीआइएफले यो ‘स्पत्‍निक भी’ लाई विश्‍वका देशहरुमा कोरोनाविरुद्ध लड्‍न पठाउने तयारी गरेको हो। ‘

    नेपालमा कोरोना भाइरसविरुद्धको भ्‍याक्सिन ‘स्पत्‍निक भी’ ल्याउने ट्रिनिटी फर्मास्युटिकल्सका निर्देशक किशोर अधिकारीले भनेका छन्, ‘हामी कोरोना भाइरस विरुद्धको यो भ्याक्सिन ल्याउन पाउँदा निकै खुसी छौँ। ट्रिनिटी अब ‘स्पत्‍निक भी’ को परीक्षणको नतिजामा रहेको छ भने चाँडै नै नेपाल सरकारबाट स्वीकृत गराई सबैलाई उपलब्ध गराउनेछौँ।’

    आरडीआइएफ रुसको स्वास्थ्य कोषबाट सञ्‍चालित स्वतन्त्र निकाय हो जुन सन् २०११ मा लगानीमा समानताका लागि भनेर स्थापना भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार