Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झण्डै तीन महिनापछि ताप्लेजुङ-काठमाण्डौ उडान सुरु


    सोमबार, भाद्र १८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • ताप्लेजुङ। बन्द भएको झण्डै तीन महिनापछि ताप्लेजुङ-काठमाण्डौ उडान पुन: सुरु भएको छ । नेपाल एअरलाइन्सले झण्डै तीन महिनापछि काठमाण्डौ-सुकेटार उडान शुरु गरेको हो ।

    खराब मौसमलगायतका कारण गएको जेठ २४ गतेदेखि काठमाण्डौ-सुकेटार उडान बन्द भएको थियो ।

    मौसममा सुधार आएसँगै आजदेखि नियमित उडान शुरु भएको नेपाल एअरलाइन्स ताप्लेजुङका प्रमुख सचिन तिवारीले बताउनुभयो । बिहान काठमाण्डौबाट ६ जना यात्रु ताप्लेजुङ पुगेका छन् । ताप्लेजुङबाट भने १ जना यात्रु काठमाण्डौ आएका उनले बताए ।

    नेपाल एअरलाइन्सले हप्ताको तीन दिन सोमवार, बिहीवार र शनिवार नियमित उडान गर्ने प्रमुख तिवारीले बताउनुभयो । झण्डै १८ सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायजसाे हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ ।

    यसैबीच, काठमाण्डौ र ताप्लेजुङको हवाई भाडा घटेको छ । यसअघि ९ हजार ६ सय ५३ रुपैयाँ रहेकोमा अहिले ८ हजार ६ सय रुपैयाँमा झारिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार