काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ९ सय ३४ जना संक्रमित थपिएका छन्। थपिएकामध्ये काठमाडौंका मात्र ७ सय ४७ जना रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ७३ र ललितपुरमा १ सय १४ जना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टायता देशभर भने १ हजार ५ सय १३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै कोरोना संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा ४९१ संक्रमितको मृत्यु भएको छ।