Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खोलाले बगाउँदा रुकुममा दाजुबहिनीकाे मृत्यु


    सोमबार, भाद्र १८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रुकुम । रूकुम पश्चिममा खाेलाले बगाउदा एकै घरका दाजुबहिनीकाे ज्यान गएको छ।

    मृत्यु हुनेमा चाैरजहारी नगरपालिका- ६ घर्तीकाँडाका रतन बुढाथाेकीका १० वर्षीय छाेरा मनाेज र ६ वर्षिया छाेरी भावना बुढाथोकी रहेकी छन् ।

    आइतबार बेलुकी बिद्यालयबाट घर फर्किने क्रममा खाेलामा आएकाे बाढीले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

    दुवैको शव डेढ सय मिटर तल फेला परेकाे थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार