Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मंगलबार थपिए १५ सय १३ कोरोना संक्रमित, हालसम्म २० हजार ३९६ सक्रिय संक्रमित


    मंगलबार, असोज १३ २०७७
    830
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । देशभर कोरोना भाइरसका १ हजार ५ सय १३ संक्रमित फेला परेका छन् । योसँगै कुल संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार हालसम्म देशभरसक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ रहेको छ । 

    त्यसैगरी हालसम्म ५५ हजार ३७१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ६ प्रतिशत रहेको छ ।

    पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १०  हजार ८९१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख ९ हजार २९८ जनाको पीसीआर परीक्षण गरिएको छ ।  

    देशभरका संस्थागत आइसोलेसन ९ हजार ६८९ जना र होम आइसोलेसनमा १० हजार ७०७ जना रहेका छन् । आजसम्म देशभर  हजार  जना क्‍वारेन्टिनमा रहेका छन् । 

    देशभर ३४ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २१३ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार