Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सल्यानको बागचौरमा बस पल्टिँदा ६ जना घाइते, २ को अवस्था गम्भीर


    आइतबार, भाद्र १७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज बिहान करिब साढे ५ बजेतिर सल्यानको बागचौर नगरपालिका वडा नम्बर ७ मा यात्रु बस पल्टिँदा ६ जना घाइते भएका छन् ।

    सल्यानको बाँफुखोलाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५४१ नम्बरको बस चौफारी भन्ने स्थानमा कच्ची सडकको खाल्डोमा परेर दुर्घटना भएको थियो ।

    प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन । दुर्घटनास्थलबाट घाइतेहरुलाई उद्धार गरेर अस्पताल पठाइएको छ ।

    घटनास्थलमा रहेका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेमबहादुर डीसीले घाइते ६ जनामध्ये बागचौर नगरपालिका वडा नम्बर ६ की रन्जना चन्द र रामबहादुर वलीको अवस्था गम्भीर रहेको जानकारी दिए । घाइतेहरु सबैलाई उद्धार गरेर एम्बुलेन्समार्फत् बागचौरमा रहेको पोलिक्लिनिकमा उपचारका लागि लगिएको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार