Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाजुरामा चट्याङ लागेर बालिकाको मृत्यु


    आइतबार, भाद्र १७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बाजुरा। बाजुरामा चट्याङ लागेर एक जना बालिकाको मृत्यु भएको छ ।

    बडिमालिका नगरपालिका वडा नम्बर ६ कोर्धका तुले रावलकी १२ वर्षीया छोरी प्रमीला रावलको शनिबार राती चट्याङमा परी मृत्यु भएको हो । राती १२ बजे हावाहुरी र वर्षासँगै परेको चट्याङले प्रमीला रावलको मृत्यु भएको स्थानीय मन रावलले बताए।

    उनका अनुसार चट्याङमा परी एक भैँसी, एक पाडो र एक गोरु समेत मरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार