Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं र ललितपुरका केही स्थानका आज विद्युत आपूर्ति बन्द हुने


    शनिबार, भाद्र १६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौं र ललितपुरका केही स्थानका आज विद्युत आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आज सूचना जारी गर्दै काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा साँढे ८ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको हो ।

    काठमाडौंका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरुबाट आपूर्ति भइरहेको विद्युत बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म अवरुद्ध हुने प्राधिकरणले बताएको छ ।

    टेकु सबस्टेसनको स्तरोन्नती गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य गरिने भएकोले रत्नपार्कसहितका वितरण केन्द्रबाट हुने विद्युत्‌ आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

    .

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार