Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वयुवराज पारस अस्पताल भर्ना


    शुक्रबार, भाद्र १५ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वयुवराज पारस शाह अस्वस्थ भएका छन् । मुटुसम्बन्धी समस्याका कारण उनलाई आज मन्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको हो ।

    उनको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ । मुटुरोगी भएको हुँदा उनलाई २४ घन्टा सुपरिवेक्षणका लागि राखिएको बताइएको छ ।

    पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी अस्पताल पुगेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार