Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाँकेमा स्वास्थ्यकर्मीसहित २ जनाको कोरोना संक्रमणबाट मृत्यु


    मंगलबार, असोज १३ २०७७
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नेपालगन्ज । कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ।

    सोमबार राति नेपालगन्जस्थित भेरी अस्पतालमा दुई जनाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए। उनीहरुको उपचारका क्रममा मृत्यु भएको जनाएको छ।

    कोरोनाबाट कोहलपुर नगरपालिका १० का ५३ वर्षीय पुरुष र नेपालगन्जका ४१ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालतका अनुसार नेपालगन्जका ४१ वर्षीय पुरुष नेपालगन्जस्थित मेडिकल कलेज अस्पतालका कर्मचारी हुन्।

    दुवै जनालाई केही दिन अघि कोरोना संक्रमण देखिएको थियो। उनीहरुलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार