Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्वकप्तान नीरा बागमती प्रदेश क्रिकेट संघको सदस्यमा निर्विरोध


    शुक्रबार, भाद्र १५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय महिला क्रिकेट टिमकी पूर्वकप्तान नीरा राजोपाध्याय बागमती प्रदेश क्रिकेट संघको महिला सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् । पूर्वकप्तान पारस खड्काको प्यानलबाट चुनावमा उठेकी उनी एक्लो महिला उम्मेद्‍वार भएका कारण निर्विरोध निर्वाचित भएकी हुन् ।

    उनले सन् २०१० मा चीनको गोन्जाउमा भएको एसियन गेम्समा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको कप्तानको भूमिकामा थिइन् ।

    सन् २०१२ मा लेभल २ कोचिङ कोर्स सकेकी नीराले त्यसयता यू–१९ प्रशिक्षकको रुमपा १ पटक काम गरेकी छन् । नीरा निर्विरोध भए पनि अरु पदका लागि भने मतदान भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार