Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोसाईंकुण्ड दर्शन गरी फर्किने क्रममा काठमाडौंका एक युवक सम्पर्कविहीन


    शुक्रबार, भाद्र १५ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनैपूर्णिमाको अवसरमा रसुवाको गोसाईंकुण्ड दर्शन गरी फर्किने क्रममा काठमाडौंका एक युवक बेपत्ता भएका छन् ।

    काठमाडौं महानगरपालिका वडा नम्बर ३ बस्ने १७ वर्षीय प्रदेश तामाङ सम्पर्कविहीन भएको नेपाल प्रहरीको बागमती प्रदेश कार्यालयले जनाएको छ ।

    बाटो बिर्सिएर हराएको खबर पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।

    आज बिहान ५ बजेदेखि नै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १९ जना, प्रहरी चौकी स्याफ्रुबाट ७ जना, नेपाली सेनाको विष्णु दल गण धुन्चेबाट लप्टनको नेतृत्वमा १५ जना खोजीका लागि परिचालन गरिएको नेपाल प्रहरीको बागमती प्रदेश कार्यालयले आज जारी गरेको सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार