Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वाग्मती नदीमा २५ किलोमिटर र्‍याफ्टिङ गरिने


    शुक्रबार, भाद्र १५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बागमती नदीमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले र्‍याफ्टिङ कार्यक्रम हुने भएको छ। जिल्ला समन्वय समिति काठमाडौंको आयोजना तथा नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा हुने उक्त र्‍याफ्टिङ कार्यक्रम यही भदौ १६ गते हुन लागेको हो।

    समितिले एक पत्रकारसम्मेलन आयोजना गर्दै सबै स्थानीय निकायको सहकार्यमा ऐतिहासिक बागमती नदीमा र्‍याफ्टिङ र्‍याली गर्ने जानकारी दिएको हो। गोकर्णेश्वरनगरपालिकास्थित सुन्दरीजलदेखि सुरु भएको र्‍याफ्टिङ कीर्तिपुरनगरपालिकाको चोभार पुगेर टुङ्गिनेछ।

    जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले काठमाडौं जिल्लाभित्र रहेको काठमाडौं महानगरपालिकासहित १० वटै स्थानीय निकायले बागमती सभ्यता जोगाउने अभियानमा साथ दिने बताए।

    कुल ४५ वटा डुंगाले सुन्दरीजलदेखि चोभारसम्म २५ किलोमिटरको दूरी पार गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार