Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भोलि दिनभर काठमाडौं र ललितपुरका यी ठाउँमा बत्ती जाने


    शुक्रबार, भाद्र १५ २०८०
    990
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भोलि दिनभर काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा बिजुली नआउने भएको छ । नेपाल विद्युत् प्राधिकारणले आज सूचना निकालेर आज बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् अवरूद्ध हुने जानकारी गराएको हो ।

    रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरमा बत्ती जाने भएको हो ।

    टेकु तथा के-थ्री सबस्टेसन तथा त्यससँग सम्बन्धित स्वीचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको बिजुली बन्द हुने भएको हो ।

    लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार