Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युरोपियन वर्ष खेलाडी बने हालान्ड


    शुक्रबार, भाद्र १५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर एर्लिङ हालान्ड युरोपियन वर्ष खेलाडी बनेका छन् । युरोपेली फुटबल महासंघ (यूईएफए) ले बिहीबार राति विजेताको घोषणा गरेको हो । लियोनल मेस्सी र केभिन डे ब्रुना पनि मनोनयनमा परेका थिए ।

    तर, गत सिजन म्यान सिटीलाई इङ्लिस प्रिमियर लिग र युरोपियन च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका हालान्डले यो अवार्ड हात पार्ने पूर्व अनुमान हुँदै आएको थियो ।

    नर्वेका २३ वर्षीय हालान्डले म्यान सिटीमा आबद्ध भएको पहिलो सिजनमै ५३ खेलमा ५२ गोल गरेका थिए । उनको यही सफलताबीच म्यान सिटी पहिलोपटक युरोपियन च्याम्पियन पनि बनेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार