काठमाडौं । राष्ट्रिय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे सिस्टम) का सामानहरू खरिद गर्दा करोडौं रुपियाँ अनियमितता भएको विषयमा मुख्य सचिव डा. बैकुण्ठ अर्यालसमेत मुछिएका छन् । पेमेट गेटवे खरिदमा भएको अनियमितता छानबिन गर्दै आइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो विषयमा मुख्य सचिव अर्याल जोडिएको हुन सक्ने भन्दै उनमाथि समेत छानबिन गर्ने भएको हो ।
यस प्रकरणमा मुख्य सचिव अर्यालसँग छिटै बयान लिइने तयारी गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ । ‘सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव रहँदा अर्यालले पेमेन्ट गेटवे खरिद प्रक्रियामा सामान भुक्तानी गर्दा तथा स्रोत सुनिश्चितताका क्रममा मिलेमतो गरेका केही प्रमाणहरू भेटिएपछि त्यसको वास्तविकता बुझ्न मुख्य सचिव अर्यालसँग बयान लिन लागेका हौं’, अख्तियार स्रोतले भन्यो– ‘यस प्रकरणमा सम्भवतः मुख्य सचिव अर्याललाई छिट्टै बयानमा बोलाएर वास्तविकता बुझ्नेछौं ।’
त्यति नै बेला सञ्चार सचिव रहेका अर्यालले पेमेन्ट गेटवे खरिदका लागि ८९ करोड आवश्यक पर्ने भन्दै स्रोत सुनिश्चिता गर्न भन्दै अर्थ मन्त्रालयमा आफैं प्रस्तावसमेत लगेका थिए । अर्यालले आफ्नै संयोजकत्वमा समिति बनाएर प्राविधिक अध्ययनबिना नै पेमेन्ट गेटवे खरिदका लागि ८९ करोड आवश्यक पर्ने भन्दै प्रस्ताव लगेर अर्थ मन्त्रालय गएका थिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौँ । सरकारले सडक सुधारका लागि एसियाली विकास बैंक ९एडीबी०बाट ऋण तथा अनुदान सहायता स्वीकार गर्नेदेखि दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसम्मका ६...
काठमाडौँ। सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष दुईवटा अध्यादेश जारी गर्न...
काठमाडौँ। सरकारले आज अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो। बैठकमा विभिन्न मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस भएका...
काठमाडौं। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-०४,फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा घाइते भएकामध्ये दुईजनालाई उपचारका लागि काठमाडौं ल्याएको छ। फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति,डाइनेस्टी एयरका...
काठमाडौँ। काठमाडौं महानगरपालिकाले तिहारमा फूल तथा फूलका माला बिक्री वितरणका लागि महानगरभित्रका विभिन्न स्थान तोकेको छ। महानगर प्रहरी बलले सूचना जारी गर्दै नेपाली किसानले उत्पादन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend