काठमाडौं । नेपालमा चिनियाँ आपराधिक गिरोहले भिन्नभिन्न स्वरूपमा अपराध धन्दा सञ्चालन गर्दै आएको पाइएको छ । गिरोहले सुन तस्करीदेखि म्याच फिक्सिङ, कल बाइपास, मानव तस्करी, एटिएम तोडफोड, अनलाइन ठगी, विदेशी मुद्राको अवैध कारोवारसमेत गर्दै आएको पाइएको हो ।
‘पछिल्लोपटक राजस्व अनुसन्धान विभागले साउन ३ गते ६० किलो सुन तस्करीमा पनि चिनियाँ गिरोह संलग्न रहेको र गिरोहले नेपाल हुँदै भारतमा सुन पुयाएको पुष्टि भइसकेको छ । पछिल्लो पटक चिनियाँ आपराधिक गिरोहको अपराध धन्दा फैलिएको महसुस प्रहरीले पनि गरेको छ’, प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतले भने । उनका अनुसार नेपालमा चिनियाँ पर्यटक भिसामा आउँछन् ।
यहाँ आएपछि आपराधिक मनोवृत्तिका केही चिनियाँ आइटी क्षेत्रमा काम गर्ने भन्दै बस्छन् । त्यसपछि उनीहरू सुन तस्करी, कलवाइपास, म्याच फिक्सिङजस्ता धन्दामा सक्रिय हुन्छन् । प्रहरीको पछिल्लो तथ्यांक हेर्दा आर्थिक वर्ष २०७९र८० मा नेपालमा ४२ चिनियाँ पक्राउ परेका छन् ।
त्यसैगरी आव २०७८/७९ मा १३ र २०७७/७८ मा १६ जना चिनियाँ पक्राउ परेका छन् । उनीहरू सबै कल बाइपास, एटिएम तोडफोड, म्याच फिक्सिङ, विदेशी मुद्राको अवैध कारोबार र सुन तस्करी अभियोगमा पक्राउ परेका हुन् । यो समाचार नागरिक दैनिकमा छ ।
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend