Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एशिया कपमा श्रीलंकाविरुद्ध बंगलादेशले टस जित्यो, पहिला ब्याटिंग गर्दै


    बिहिबार, भाद्र १४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । एशिया कप अन्तर्गत आज समुह बिमा रहेका बंगलादेश र श्रीलंकाबीच घनिष्ट खेल हुदै छ ।

    आजको उक्त खेलमा बंगलादेशले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ ।

    श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यस खेलमा बंगलादेशका कप्तान शकिब अल हसनले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । जस अनुसार श्रीलंकाले पहिला बलिङ गर्ने भएको छ ।

    दुवै टिमका प्रमुख खेलाडीहरु इन्जुरीका कारण टिम बाहिर हुदा समस्यामा रहेका छन् ।

    बंगलादेशका लिटन दास इन्जुरीका कारण खेल्ने छैनन् भने श्रीलंकाका स्टार खेलाडी वानिन्दु हसरंगा पनि एशिया कपबाट बाहिर छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार