Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पशुपति कोषमा ४३ कर्मचारी करारमा राख्ने तयारी, तीनवटै ट्रेड युनियनको बिरोध 


    सोमबार, असोज १२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तीनवटै ट्रेड युनियनले करारमा कर्मचारी भर्ना गर्ने निर्णयको बिरोध गरेको छ । पशुपति क्षेत्र विकास कोष नेपाल कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन र कर्मचारी संगठन नेपालले करार र ज्यालादारी कर्मचारी भर्ना गर्ने कोषको निर्णयको बिरोध गर्दै संयुक्त विज्ञप्ति प्रकाशित गरेका छन् ।

     कोषका तीनवटै ट्रेड युनियनले कोरोना महामारीमा करारमा कर्मचारी भर्ना नगर्न माग गरेका छन् । कोषका अध्यक्ष डा.प्रदीप ढकाल र कार्यकारी निर्देशक घनश्याम खतिवडाले पर्यटन मन्त्रालयले ४३ जना कर्मचारी करारमा भर्ना गर्न निर्देशन दिएको भन्दै आर्थिक पक्षलाई ख्याल नगरी निर्णय गरेकाले त्यसको बिरोध गरेका छन् । कोषको आम्दानी भेटीघाटी र पर्यटकबाट आउने शुल्क शून्य बराबर भएको अवस्थामा करारमा कर्मचारी राखेर कोषमा थप भार थप्ने कार्य नगर्न ट्रेड युनियनले ध्यानार्षण गराएका छन् । कोरोना महामारीमा मन्दिरमा दर्शनार्थीलाई प्रवेश निषेध गरिएको छ भने पर्यटक आवागमन पनि ठप्प छ । यस्तो अवस्थामा ४३ जना कर्मचारी करारामा राखेर कोषलाई आर्थिक रुपमा ब्ययभार थप्ने कार्य नगर्न ट्रेड युनियनले माग गरेका छन् ।  

     २०७७ भदौ १२ मा संचालक परिषदको निर्णयको बुँदा नम्बर ३ मा कोषमा करार, सेवा करार र ज्यालादारीमा केही जनशक्ति थप गर्ने भन्ने निर्णयप्रति आपत्ति रहेको तीनवटै संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । तीनवटै संगठनले २०७७ असोज ११ मा जारी गरेको विज्ञप्तिमा उल्लेख छ– ‘वर्तमान कोभिड–१९ का कारणले कोषको आर्थिक पक्षलाई पारेको प्रभावलाई ख्याल गर्दै संस्थामा आवश्यकता र औचित्यका आधारमा प्रतिस्पर्धा गराएर मात्र कर्मचारी राख्न माग गरेको छ । ‘कोषमा कर्मचारी आवश्यक भएमा कोषको कर्मचारी सेवा, सर्त सुविधा सम्बन्धी नियमावली अनुसार पदपूर्ति तथा बढुवा समितिलाई क्रियाशील गरी प्रतिस्पर्धाको माध्यमबाट मात्र जनशक्ति राख्ने परम्पराको थालनी गरियोस् ।’ 
    कोषमा मौजूदा रहेका सरसफाइ कर्मचारीलाई मन्दिर तथा कोर क्षेत्रमा काममा लगाउने ब्यवस्था तुरुन्त गर्न पनि तीन वटै संगठनले माग गरेका छन् ।  

    २०७५ को संचालक परिषको बैठकबाट पास भएको उपदान कोष नागरिक लगानी कोषमा खाता खोली जम्मा गर्ने निर्णय भएकोमा हालसम्म पनि उक्त जम्मा नभएकाले तुरुन्त कोषमा जम्मा गरी कर्मचारीबर्गको उपदानबापतको गर्न पनि ट्रेड युनियनले माग गरेका छन् । पशुपति क्षेत्र विकास कोष नेपाल कर्मचारी युनियनका अध्यक्ष दिलबहादुर खत्री, पशुपति क्षेत्र विकास कोष राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष गोविन्दप्रसाद कोइराला र पशुपति क्षेत्र विकास कोष कर्मचारी संगठन नेपालका गौरीशंकर पराजुलीले हस्ताक्षर गरेका छन् ।

    kos 1.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार