संखुवासभा । भालुको आक्रमणबाट संखुवासभाको भोटखोला गाउँपालिका–४ माङ्खिममा दुई जना घाइते भएका छन् । भालुको आक्रमणबाटमकालु बरुण राष्ट्रिय निकुञ्ज अन्तरर्गत भोटखोला गाउँपालिका–४ माङ्खिमका ४६ बर्षीय प्रेम गुरुङ र २६ राजमान राई घाइते भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए ।
बुधबार दिउँसो घर नजिकै रहेको मकै खोहोरीया काम गर्दे गरेको गुरुङ र राईलाई भालुले आक्रमण गर्दा घाइते भएको गाउँपालिका अध्यक्ष भोटेले बताए । भालुको आक्रमणबाट उनीहरुको अनुहार, टाउको,खुट्टा र हातमा लगायत शरिरका विभिन्न भागमा गहिरो चोट लागेको छ। घाइते मध्ये २६ बर्षीय राईको अवस्था गम्भीर रहेको अध्यक्ष भोटेले बताए ।
घाइतेको गोला सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौ लग्ने तयारी भइरहेको अध्यक्ष भोटेले बताए । मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र बर्षेनी आधा दर्जन व्यक्ति भालुको आक्रमणबाट घाइते हुने गरेका छन् ।
घाइतेको उपचारका लागि मकालु बरुण राष्ट्रिय निकुञ्ज कार्यालय सँग छलफल भएको भोटेले बताए । निकुञ्ज सँगको छलफल पश्चात घाइतेको उपचार विरामी कुरुवाको खर्च ब्यहोर्ने सहमति पछि गाउँपालिकाकै गाडीमा उपचारका लागि भोटखोला बाट सदरमुकाम खाँदबारी प्रस्थान गरेको अध्यक्ष भोटेले बताए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend