Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वडा कार्यालयमा तालाबन्दी


    सोमबार, असोज १२ २०७७
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सल्यान । छत्रेश्वरी गाउँपालिकामा कार्यरत करार सेवाका कर्मचारीले सबै वडा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिदिएका छन् ।

    आफूहरुको सेवाको समयावधि गाउँपालिकाले थप नगरेको जनाउँदै उनीहरुले तालाबन्दी गरेका हुन् । तालाबन्दी पछि सेवाप्रवाह समेत प्रभावित हुन पुगेको छ । 
      
    करार कर्मचारी सङ्घर्ष समितिका संयोजक दिलीप बोहराले भने “हामीले हाम्रा मागको सुनुवाई गर्नका लागि पटक पटक सम्बन्धित निकायसमक्ष कुरा पु¥याएका छौँ  । ती निकायबाट हाम्रो मागको सुनुवाई नभएपछि बाध्यभएर तालाबन्दी गरेका हौ ।”

    गाउँपालिका अध्यक्ष सन्तोष केसीले  गाउँपालिकाले आवश्यकताका आधारमा करारमा कर्मचारी नियुक्त गरिएकोले नहटाउने जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार