Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारले भन्याे- जोसुकैलाई पीसीआर परीक्षण गर्न बाध्य नपार्नू


    सोमबार, असोज १२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । सरकारले काठमाडौंमा घरधनी र केही औद्योगिक प्रतिष्ठानले पीसीआर रिपोर्टका लागि सर्वसाधारणलाई बाध्य बनाएको भन्दै त्यस्तो नगर्न आग्रह गरेको छ ।

    सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीत कसैलाई पनि पीसीआर परीक्षणका लागि बाध्य नबनाउन आग्रह गरेका हुन् ।

    पीसीआर रिपोर्ट नभई धरधनीले डेरामा बस्नेलाई पस्न नदिएको र औद्योगिक प्रतिष्ठानले काम गर्न नदिएको सुन्नमा आएको भन्दै उनले जबर्जस्ती पीसीआर परीक्षणका लागि बाध्य नपार्न आग्रह गरेका हुन् ।

    ‘स्वास्थ्य मन्त्रालयको प्रोटोकल छ, विश्व स्वास्थ्य संगठनले जारी गरेको प्रोटोकल छ । त्यसविपरीत जबर्जस्ती परीक्षण गर्नु उचित हुँदैन । त्यसले कुनै परिणाम पनि दिँदैन’ मन्त्री ज्ञवालीले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार