Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपालले मलेसियालाई ५ रनले हरायो


    बिहिबार, भाद्र १४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ। उक्त खेलमा नेपालले मलेसियालाई पाँच रनले पराजित गर्दै नेपालले प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।

    मलेसियालाई पराजित गरेसँगै नेपालको सेमिफाइनल सम्भावना बढेको छ ।

    नेपालले दिएको ८५ रनको मध्यम लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रन बनायो ।

    मलेसियाका लागि कप्तान विनिफर्ड दुराइसिङ्गमले सर्वाधिक २८ रन बनाइन् । उनले ३९ बलमा १ चौका प्रहार गरिन् ।

    ओपनर एना हमिजा हसिमले २२ बलमा १ चौका सहित १४ रन बनाइन् । मास इलिसाले १४ बलमा १ चौका सहित १० रन बनाइन् ।

    बलिङतर्फ नेपालका लागि कविता कुवँर र कविता जोशीले समान दुई/दुई विकेट लिए। कप्तान रुविना क्षेत्री र अस्मिना कर्मचार्यले एक/एक विकेट लिए ।

    बायोमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रन बनाएको थियो ।

    नेपालका लागि सीता रानामगरले ५४ बलमा उक चौकासहित सर्वाधिक ३८ रनमा अविजित रहिन् ।

    सुरुवाती तीन बलमै तीन विकेट गुमाउँदै निकै खराब सुरुआत गरेको अवस्थाबाट सीताले परिपक्क प्रदर्शन गर्दै नेपालको साख जोगाएकी हुन् ।छैटौं विकेटका लागि सीता र अप्सरी बेगमले ५१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । अप्सरी बेगम ३८ बलमा एक चौकासहित १७ रनमा आउट भइन् ।

    पहिलो बलमै ओपनर काजोल श्रेष्ठ ऐना हामिजाहको बलमा मास एलिसाबाट क्याच आउट भइन् । लगत्तै अर्को बलमा सम्झना खड्का बोल्ड आउट हुन पुगेकी थिइन् ।

    तेस्रो बलमा इन्दु बर्मा रन आउट हुन पुगेकी थिइन् । चौथो ओभरको पहिलो बलमा महिराह इजाती इस्मालले पुजा महतोलाई ५ रनमा बोल्ड आउट गरिन् ।

    कप्तान रुविना क्षेत्री बेलबासे १३ बलमा दुई चौकासहित १२ रनमा आउट भइन् ।

    यस्तै मलेसियाकी ऐना हामिजा ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर दुई विकेट लिइन् । महिराह इजाती, ऐश्या एलिसा र निक नुरले एक एक विकेट लिए ।

    नेपालले दोस्रो खेल भोलि शुक्रबार बहराइनसँग खेल्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार