Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पहिरोले बन्द भएको मुग्लिन-नारायणघाट सडक दुइतर्फी सञ्चालनमा


    बिहिबार, भाद्र १४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पहिरो खसेपछि बन्द भएको मुग्लिन-नारायणघाट सडकखण्ड पुन: दुइतर्फी सञ्चालनमा आएको छ।

    नाम्सी खोला नजिकै सडकमा पहिरो खसेपछि आज बिहानदेखि सो सडकखण्ड एकतर्फी सञ्चालनमा थियो।

    केही बेरअघि पहिरो पन्छाउने काम सकिएर दुइतर्फी सवारी सञ्चालन भएको सडक डिभिजन कार्यालय भरतपुरका सिनियर डिभिजनल इन्जिनियर रमेश प्रसाद पौडेलले जानकारी दिए।

    पहिरोका कारण करिब २ घन्टा सवारी आवागमन प्रभावित भएको थियो। त्यसले सो क्षेत्रमा सवारी साधनको चाप केही बढेको थियो।

    तत्कालै मेसिन प्रयोग गरी पहिरो पन्छाइएको थियो। दुई घन्टादेखि सवारी एकतर्फी सञ्चालन हुँदा त्यस क्षेत्रमा सवारी साधनको चाप बढेको थियो।

    ‘अब आधा घन्टामा सवारी आवागमन सामान्य हुन्छ,’ पौडेलले भने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार