Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • काठमाण्डाै महानगरपालिकामा भोलि सार्वजनिक बिदा


    बिहिबार, भाद्र १४ २०८०
    3.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाण्डाै। भोलि काठमाण्डाै महानगरपालिकाले सार्वजनिक बिदा दिएको छ । सापारु अर्थात् गाईजात्रा र रोपाइँ जात्राका लागि भोलि सार्वजनिक बिदा दिइएको महानगरले जनाएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सूचना निकालेर भोलि सापारू र रोपाइँ जात्रा मनाउन सार्वजनिक बिदा दिइएको उल्लेख गर्नु भएको छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनै पूर्णिमा र गाईजात्रा आज एकै दिन परेको बताए पनि केही पालिका र सांस्कृतिक संस्थाले जनैपूर्णिमा र गाईजात्रा फरक-फरक दिन मनाउने निर्णय गरेका छन् ।

    जनैपूर्णिमा र गाईजात्राका अवसरमा आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

    काठमाण्डौ महानगरले भोलि बिदा पनि दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार