Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रजिअ र एसएसपीमाथि कारबाहीकाे माग गर्दै आयोगमा उजुरी


    सोमबार, असोज १२ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगमा काठमाडाैंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीविरुद्ध उजुरी परेकाे छ।

    अनसनरत डा. गोविन्द केसीका समर्थकहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी र काठमाडौं प्रहरी परिसरका प्रमुखविरुद्ध कारबाही माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका हुन् ।

    चिकित्सा क्षेत्रको सुधारका माग राख्दै अनशनरत डाक्टर गोविन्द केसीको समर्थनमा शनिबार शान्तिपूर्ण प्रदर्शन गर्दा बिनाकारण पक्राउ गरिएको भन्दै सोलिडारिटी फर डाक्टर केसी अभियानका अभियन्ताले सोमबार मानव अधिकार आयोगमा काठमाडौंका सीडीओ दाहाल र एसएसपी ज्ञवालीविरुद्ध कारबाही माग गर्दै उजुरी दिएका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार