Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘आधा सिटमा मात्रै यात्रु बोक्ने निर्णय सच्याइयोस्’


    सोमबार, असोज १२ २०७७
    660
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सार्वजनिक सवारीका सिटभरि यात्रु राखेर चलाउन दिन यातायात व्यवसायीहरुले लिखित माग पेस गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आधा सिटमा मात्रै यात्रु राख्न पाउने व्यवस्था हटाउन माग गरेको हो ।

    महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यले हस्ताक्षर गरेको पत्रमा कोभिड(१९को महामारीले थलिएको सार्वजनिक यातायात क्षेत्रलाई थप पीडित बनाउने निर्णयहरु खारेज गर्न माग गरिएको छ । व्यवसायीले यातायातधनी र यात्रुलाई अन्याय हुने गरी आधा सिट मात्रै यात्रु राख्ने र ५० प्रतिशत बढी भाडा लिने निर्णय गरिएको भन्दै तुरुन्तै साविककै व्यवस्था लागू गर्न माग गरेका छन् ।

    महासंघका महासचिव सरोज सिटौलाका अनुसार दशैंमा यात्रुको आवागमन सुरु अघि यस्तो व्यवस्था खारेज गर्न सरकारलाई भनिएको हो । ‘आधा सिटमा मात्रै यात्रु राख्ने व्यवस्थाले लामो दुरीका सार्वजनिक सवारीले सञ्चालन खर्च पनि उठाउन सक्दैनन्,’ उनले भने, ‘अहिले त हामी ६ महिना थन्किएका बसलाई चुस्त बनाउन घाटा सहेरै भएपनि चलाइरहेका छौं, सबैं यसरी सकिँदैन ।’

    यातायात व्यवस्था विभागले अग्रिम टिकट बुकिङ खुलाउनेबारे आइतबार गरेको छलफलमा पनि व्यवसायीले पहिला आधा सिटमा मात्रै यात्रु राख्ने निर्णय सच्याउन माग गरेका छन् । आफूहरु दशैंमा यात्रुलाई सहज र सुरक्षित सेवा दिन तयार भए पनि घाटा सहेर सेवा दिन सक्ने अवस्था नभएको तर्क व्यवसायीले गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार