Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टिकटकबारे ट्रम्प प्रशासनको आदेशमाथि अमेरिकामा रोक


    सोमबार, असोज १२ २०७७
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी। अमेरिकामा  टिकटकबारे ट्रम्प प्रशासनको आदेशमाथि रोक लगाइएको छ । एक  न्यायाधिसले चीनको भिडियो सेयरिङ एप टिकटकबारे ट्रम्प प्रशासनको आदेशमाथि रोक लगाएका हुन।

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टिकटक राष्ट्रिय सुरक्षाका लागि खतरा बताउँदै त्यसमाथि प्रतिबन्ध लगाउन आदेश जारी गरेका थिए ।

    तर त्यो आदेश गलत रहेको भन्दै न्यायाधिसले उल्टाइदिएका छन्। यो प्रतिबन्ध लागू हुने केही घण्टा पहिले वासिङ्टनका एक ‘डिस्ट्रिक्ट जज’ ले टिकटकको मालिक कम्पनी बाइटडान्सको अनुरोधमा अस्थायी रोक लगाउने आदेश जारी गरे ।

    संसारभरी टिकटकका ५० करोड र अमेरिकामा करिब आठ करोड प्रयोगकर्ता छन् ।

    न्यायाधीशले आदेश जारी गर्नुको कुनै कारण भने खुलाएका छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार