Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्याङ्जामा अरिङ्गालको टोकाईबाट एक युवकको मृत्यु


    बुधबार, भाद्र १३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । स्याङ्जाको बिरुवा गाउँपालिका वडा नम्बर–९ मा अरिङ्गालको टोकाईबाट एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिरुवा गाउँपालिका वडा नम्बर–९ किचनास बस्ने २८ वर्षीय चेलिस श्रेष्ठ छन् ।

    अरिङ्गाल पोल्ने क्रममा करिब ७० वटा अरिङ्गालले टोकेपछि उनलाई उपचार गर्न पोखरा स्थित गण्डकी मेडिकल कलेजमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रवीन्द्र खनालले बताए ।

    भदौ १२ मा साँझ अरिङ्गाल पोल्ने क्रममा उनलाई अरिङ्गालले टोकेको थियो । अरिङ्गाल पोल्न सँगै गएका अरू ५ जना सकुशल छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार