काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय १७ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६ सय ४९ , भक्तपुरमा ३६ र ललितपुरमा १ सय ३२ कोरोना संक्रमित थपिएका छन् ।
जसअनुसार काठमाडौंमा २ सय ३५ महिला र ४ सय १४ पुरुष, भक्तपुरमा १६ महिला र २० पुरुष, ललितपुरमा ५० महिला र ८२ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
आइतबार काठमाडौंमा ६ सय ३३, भक्तपुरमा ७२ र ललितपुरमा १ सय ४ गरी ८ सय ९ कोरोना संक्रमित थपिएका थिए ।