Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुडिरहेको गाडीमाथि पहिरो खस्यो, ३ जनाको घटनास्थलमै मृत्यु, ८ जना घाइते


    बुधबार, भाद्र १३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटवल । पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा पहिरोले जीप पुरिएको छ। पहिरोले उक्त जीप पुर्दा ३ जनाको मृत्यु भएको छ, भने ८ जना घाइते भएका छन् । गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी जोर्तेमा पहिरोमा परेको हो।

    पहिरोमा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र तीन बच्चासहित ७ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। उनले १ महिला र २ पुरुष रहे पनि उनीहरूको सनाखत हुन बाँकी रहेको बताए।

    गुल्मीबाट बुटवलतर्फ जाँदै भाडाको स्कारपियो बिहान साढे ८ बजे पहिरोले च्यापिएको थियो । पहिरो खस्दा पाल्पा–गुल्मी सडक खण्ड बन्द भएको छ। घाइते हरुको लुम्बिनी मेडिकल प्रभास पाल्पा उपचार लागि ल्याउँदै गरिएको छ।

    यस घटनाबारे थप विस्तृत विवरण आउन बांकी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार