Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सोमबार थपिए १३ सय ५१ कोरोना संक्रमित


    सोमबार, असोज १२ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सोमबार थप १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल १० हजार ८० जनाकाे पीसीआर परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको जानकारी दिए । 

    त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय ४२ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६ सय २४ रहेको मन्त्रालयले जनाएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार